‘सारेगमप लिटिल च्याम्प’मा चौथो स्थान हासिल गरेका आयुष केसीको स्वरमा विकास आचार्य निर्देशित चलचित्र हजार जुनी सम्मको शिर्ष गित आज रिलिज भएको छ । पवन चाम्लिङ्गको शब्द र योगेन्द्र घतानीको संगीतमा तयार पारिएको यस गितलाई उदय सोताङ्गले तयार पारेका छन् । उदय सोताङ्गले झन्डै डेढ दशक अघि गाएको यस गितलाई रि-एरेन्ज गरेर आयुषको स्वरमा तयार पारिएको हो । आयुषको स्वरमा अनुभव रेग्मीलाई पनि भिडियोमा देख्न सकिन्छ । लिरिकल भिडियो सहित तयार पारिएको यस गितले चलचित्रको प्रमोसनमा राम्रो सहयोग पुग्न सक्ने देखिन्छ ।

साउन ३० गते बाट रिलिज हुने यस चलचित्रले अहिले आफ्नो प्रचार प्रसारलाई तिब्र गति दिईरहेको छ । यसै चलचित्र कि नायिका स्वस्तिमा खड्काको अन्तर्वार्ताले सोसल मिडिया अहिले तत्तिएको छ । स्वस्तिमाका केहि अभिव्यक्तिहरु ले उनलाई विवादमा समेत तानेको छ र यस विवादले गर्दा यस चलचित्रको प्रमोसनमा केहि सहयोग भएको मानिएको छ । यसै चलचित्रका नायक आर्यन सिग्देल भने चलचित्र कै दुई नायक सलोन बस्नेत र अखिलेश प्रधानलाई लिएर प्रमोसन गरिरहेका छन् ।

प्रेम कथामा आधारित चलचित्रलाई बिकास राज आचार्यले निर्देशन गरेका हुन् । चलचित्रलाई नाइँ न भन्नु लका सिरिजहरु भन्दा फरक स्वाद दिने भरपुर कोशिस गरेको बताएका छन् निर्देशकले । चलचित्रमा आर्यन सिग्देल, स्वस्तिमा खड्का, सलोन बस्नेत, अखिलेश प्रधान, प्रियंका कार्की, अनुभव रेग्मीको मुख्य भूमिका रहेको छ ।