काठमाडौं । २०१८ की ‘मिस नेपाल अर्थ’ प्रिया सिग्देल रवीन्द्र मिश्र नेतृत्वको साझा पार्टीमा प्रवेश गरेकी छन् । आइतबार बसेको सो पार्टीको केन्द्रीय समितिको बैठकले डिभेलप्मेण्ट स्टडिजमा स्नातक गरेकी २४ वर्षीया सिग्देललाई केन्द्रीय सदस्यमा मनोनयन गरेको हो । पिछडिएका महिलाहरूको सशक्तिकरणका लागि काम गर्ने सामाजिक संस्था हात्तीहात्तीकी संस्थापक अध्यक्ष रहेकी सिग्देल किन राजनीतिमा प्रवेश गरिन् ? कुन कुराले उनलाई राजनीति गर्न उत्प्रेरित गर्‍यो ?

नेपालका बहुसंख्यक युवाहरुमा राजनीतिप्रति वितृष्णा जागेका बेला उनीे राजनीतिमा आउनुको उद्देश्य के के हो ? यी प्रश्नको जवाफ क्यानडानेपालले खोजेको छ । क्यानडानेपालका सन्तोष निरौलाले सिग्देलसँग राजनीति, सामाजिकलगायत विषयका केही प्रश्न गरेका छन् । हेरौँ साझा पार्टीमा प्रवेश गरेकी सुन्दरी अर्थात २०१८ की ‘मिस नेपाल अर्थ’ प्रिया सिग्देलसँग लिइएको भिडियो अन्तर्वार्ता :