एजेन्सी । म्यानचेस्टर सिटीले नयाँ सिजनको इंग्लिस प्रिमियर लिग फुटबलको पहिलो खेलमा वेस्ट ह्याम युनाइटेडलाई ५–० ले पराजित गरेको छ ।

शनिबार राति भएको खेलमा म्यान सिटीलाई विजयी गराउन राहिम स्टर्लिङले ह्याट्रिक गरे । ग्याब्रिएल जिसस र सर्जियो अगुएरोले एक एक गोल थपे । सिटीको एक गोल भीआर प्रविधिले रद्द गरेको थियो ।

शनिबार राति नै भएको अर्को खेलमा टोटनह्याम हट्सपरले एस्टन भिल्लालाई ३–१ ले हरायो । टोटनह्यामलाई विजयी गराउन ह्यारी केनले दुई गोल गरे भने दोम्बेलेले एक गोल थपे । भिल्लाका जोन म्गाक्गीनले सुरुवाती गोल गरेका थिए ।

प्रिमियर लिग फुटबलमा आज तीन खेल हुनेछन् । आज आर्सनल र न्युकासल युनाइटेड तथा लेस्टर सिटी र वुल्भरह्याम्पटन भिड्दा चेल्सीले म्यान्चेस्टर युनाइटेडसँग खेल्नेछ ।