काठमाडौं । ललितपुर महानगरपालिकाले शुक्रबारबाट दुईवटा ब्रुमर र दुईवटा पानी ट्यांकी सञ्चालनमा ल्याएको छ । इटालीमा बनेको युरो ४ मापदण्डको सो ब्रुमर जेनटेक प्रा.लि.ले भ्याटसहित ४ करोड ४८ लाख ११ हजार दुई सय ८० रुपैयाँमा टेन्डर मार्फत उपलब्ध गराएको महानगरले जनाएको छ ।

डिजेलबाट चल्ने सो ब्रुमरको ६ सय २० लिटर पानी र ६ घनमिटर धुलो भण्डारण गर्ने क्षमता रहेको जानकारी दिइएको छ । यस्तै टेन्डर मार्फत सिप्रदी ट्रेडिङ प्रा.लि.ले ६२ लाख ९० हजारमा दुईवटा पानी ट्यांकी उपलब्ध गराएको महानगरले जानकारी दिएको छ ।