काठमाडौं । एक सातामा पाँच हजार मूल्य बढेर सुनको भाउ प्रतितोला ७० हजार पुगेको छ । शुक्रबार पनि प्रतितोला ७० हजारमै कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । प्रत्येक दिन नयाँ रेकर्ड कायम गर्दै आएको सुनको मूल्य शुक्रबार भने स्थिर भएको छ । आइतबार प्रतितोला ६६ हजार आठ सय, सोमबार दिन पाँच सय बढेर ७६ हजार तीन सय हुँदै मंगलबार प्रतितोला ६८ हजार आठ सयमा कारोबार भएको थियो ।


बुधबार ६९ हजार पाँच सयमा कारोबार भएको सुन बिहीबार प्रतितोला ७० हजार पुगेको हो । मूल्य अत्यधिक बढे पनि सुनको कारोबार भने ठप्पजस्तै भएको छ ।
अमेरिका र चीनको व्यापार युद्ध र अमेरिकाको केन्द्रीय बैंकले ब्याजदर घटाउनुलाई नै अहिले सुनको मूल्य बढ्नुको प्रमुख कारण मानिएको छ ।