गोरखा । सिरानचोक गाउँपालिका–३ हर्मीमा नश्ल सुधारका लागि अनुदानमा वितरण गरेको उन्नत जातको बोका काटेर स्थानीयवासीले मासु भागबण्डा गरेका छन् । नेपाल रेडक्रस सोसाइटी गोरखा शाखाले भूकम्पपछिको जीविकोपार्जन कार्यक्रम अन्तर्गत गत मंसिर ११ मा साविकको हर्मी गाविस वडा नं ८ का स्थानीयका लागि बाख्रामा नश्ल सुधार गर्न भन्दै उन्नत जातको ब्याड बोका वितरण गरेको थियो ।

समूहले सामूहिकरुपमा सेवा लिने गरी वितरण गरिएको उन्नत जातको बोका काटिएको हो । “स्थानीय प्रकाश अधिकारीले पालनपोषण गर्ने गरी रेडक्रसले अनुदानमा उपलब्ध गराएको बोका आज इलाका प्रहरी कार्यालय हर्मीमा काटेर मासु भागबण्डा गरिएको हो”, वडाध्यक्ष वीरबहादुर गुरुङले भने ।

उनले घरधनी अधिकारीले धेरै ऋण लागेर बेपत्ता भएकाले घरमा उहाँको आमा हुनुभएको र पालनपोषण गर्न नसक्ने भएपछि मासु काटेर बिक्री गरिएको बताए । “ प्रकाश घर छोडेर हिँडेपछि घरमा भएका अन्य बाख्रा, खसी, गाईभैँसी पनि लिलाम गरी समूहको ऋण बुझायौँ ।”

“रु ३० हजार बराबरको बोकाको बीमा गरिदिएका छौँ”,उनले भने , “पाल्न नसक्ने भए पनि हामी अर्र्को किसानलाई वितरण गथ्र्यौं उनीहरुले हामीलाई खबर पनि गरेनन् ।” रेडक्रसले साविकको हर्मी गाविसमा नौवटै वडामा नश्ल सुधारका लागि भन्दै बयर जातको उन्नत ब्याड बोका वितरण गरेको थियो ।