सहजै सबैको भान्सामा उपलब्ध हुने दालचिनी दिर्घरोगीका लागी अचुक औषधि हो । घरको भान्सामा होस या ठूला तारे होटलहरूमा, बास्नादार मसलाको रूपमा प्रयोग गरिने दालचिनी चिनीरोग अर्थात मधुमेहको लागि प्रभावकारी छ । नियमित दालचिनीको धुलो सेवनले मधुमेहका रोगीलाई मात्रै होइन सबै मानिसलाई फाइदा नै गर्छ ।

दालचिनीेको बोक्रामा हुने तत्व ‘पोलिफिनोल’ ले मानव शरीरका विशेष प्रकारका प्रोटिनहरूको कामलाई बढाइ इन्सुलिन निस्कासन गराउन खबर गर्ने गर्छ । रगतमा रहेको ग्लुकोजलाई एक ठाउँबाट अर्को ठाउँमा पु¥याउने र ग्लुकोजलाई टुक्राउन सहयोग गर्न पनि मद्दत गर्छ । जसले गर्दा रगतमा चिनीको मात्रा कम हुन्छ । यस बाहेक रक्तनलीमा जम्ने बोसोविरुद्ध पनि प्रभावकारी मानिएको छ ।

पूर्विय चिकित्सा पद्वति आयुर्वेदका ग्रन्थहरूमा पनि मुखको घाउखटिरा, अजिर्ण, बच्चाहरूको झाडापखला, बाथ र महिनावारी सम्बन्धी समस्या समाधानमा दालचिनीको प्रयोगले प्रभावकारी काम गर्ने उल्लेख छ । आयुर्वे्दिक औषधिहरूमा पनि यसको समिश्रण गरेको हुन्छ साथै चिनी रोग एंव बढी मोटो शरीर भएकाहरूले शुद्ध दालचिनीको धुलो दैनिक १–३ ग्राम प्रयोग गर्न सक्छन । यसको पाश्र्व प्रभाव हालसम्म देखिएको छैन । तर याद राख्नुहोस ! चिनी र बोसोविरुद्ध प्रभावकारी छ भनेर दालचिनीको धुलो राखेको मासुका परिकार, केक, मिठाइ, जुसलगायत खाद्य पदार्थ सेवन नगरेको राम्रो ।

बजारका यस्ता खाद्य सामाग्रीमा दालचिनी भनि अन्य धुलो प्रयोग गरिने हुँदा स्वास्थ्यमा प्रतिकुल असर पार्छ । यदि सतर्क र होसीयारी हुनु भएन भने झन् रगतमा चिनी र बोसोको मात्रा बढ्न सक्छ ।