एजेन्सी । इंग्लिस प्रिमियर लिगको नयाँ सिजन आजदेखि शुरु हुँदैछ । लिभरपुलको घरेलु मैदानमा एनफिल्डमा हुने उद्घाटन खेलमा लिरभपुलले नर्विच सिटीसँग खेल्ने छ ।

news

प्रिमियर लिगको उपाधि दाबेदार लिभरपुलले नवप्रवेशी क्लब नर्विचसँग पहिलो खेल खेल्न लागेको हो । लिभरपुल गत सिजन मात्र एक अंकले पछाडि परेपछि उपाधि म्यानचेष्टर सिटीले जितेको थियो । तर च्याम्पियन्स लिगमा लिभरपुलले टोटेनहमलाई हराउँदै उपाधि जितेको थियो ।

लिभरपुलका फरवार्ड साडियो माने प्रि सिजनमा उपलब्ध नभए पनि नयाँ सिजनको पहिलो खेलमा मैदान उत्रनेछन् । जेम्स मिल्नरले चोटका कारण कम्युनिटी शिल्डको खेल गुमाएपनि अब मैदान फर्कन मिल्ने अवस्थामा छन् ।