नाइँ न भन्नु ल २ बाट डेब्यु गरेका बाल कलाकार अनुभव रेग्मीको परिवार पहिलो चोटी मिडियामा देखा परेका छन् । प्राय अनुभव आफ्नो मम्मी कविता रेग्मीसंग सार्वजनिक कार्यक्रमहरुमा देखिने हुदा बुवाको हो के गर्नुहुन्छ भन्ने प्रश्न अनुभवको प्रशंसकहरु लाई उब्जिरहेको हुन सक्छ जुन कुरालाई मध्यनजर गर्दै अनुभव रेग्मीको परिवार मिडियामा आएर आफ्नो पारिवारिक कथाहरु दर्शक सामु प्रस्तुत गरेका छन् । अनुभव रेग्मीको बुवा अरुण रेग्मी र आमा कविता रेग्मी चलचित्र छेत्र मै सक्रिय हुदाहुदै प्रेम बसेको कथा अन्तरवार्तामा सुनाएका छन् ।

बुवा अरुण रेग्मी सुरुवाती दिनमा चलचित्रको नायक हुन यस छेत्रमा छिरेका थिए तर समयले उनलाई कलाकारबाट प्राविधिक तर्फ क्यारियर बनाईदियो । अरुण अहिले चलचित्रको प्रोडक्सन म्यानेजरका रुपमा सक्रिय छन् र यहि क्रममा कवितासंग माया बसेको थियो । तुलसी घिमिरेको प्रोजेक्टमा कविता प्रोडक्सन म्यानेजर थिए भने कविता कलाकार । कवितालाइ शुटिङ्ग सेटमा ल्याउने पुर्याउने गर्दा गर्दै सबैले जिस्काउन थालेपछि मायाको धुन बजेको कुरा अरुणले सुनाउछन । यहि धुनलाइ गित बनाएर कवितालाइ प्रपोज गरे र कविताको मनमा पनि अरुणका लागि धुन बज्न थालिसकेको थियो जसले गर्दा उनले प्रपोज सहर्ष स्विकारिन र विवाह सम्भव भयो ।  विवाह पश्चात कविता कलाकारिता बाट सक्रिय हुन् छोडिन भने अरुण अहिले पनि प्रोडक्सन म्यानेजरका रुपमा सक्रिय छन् ।

अनुभव रेग्मी अहिले चलचित्रमा अलिकम सक्रिय हुन थालेका छन् । हजार जुनी सम्म चलचित्रमा अनुभवको केमियो रोल रहेको बताईएको छ । अनुभव रेग्मी अहिले बाल कलाकारको रुपमा स्थापित हुदा आमा बुवाले खुशी व्यक्त गरे र अनुभवलाई केहि वर्ष पछि चलचित्रको नायकको रुपमा डेब्यु गराउने कुरा पनि उल्लेख गरेका छन् ।