काठमाडौं ।  नेपाली महिलाहरुको महान पर्व हरितालिका तीज आउन केही हप्तामात्रै बाँकी रहेको छ । यही बेला गायक गायिकाहरुले तीज गीत सार्वजनिक गरिरहेका छन् । यसैक्रममा गायिकात्रय बीमा कुमारी दुरा, शर्मिला गुरुङ र देवी घर्ती तथा गायका पशुपति शर्माको स्वर रहेको तीज गीत हाम्रो कथालाई दर्शकले निकै रुचाएका छन् । युट्युबमा अपलोड गरिएको १४ घण्टा (यो समाचार तयार पर्दाको बखत)मा एक लाख ६९ हजारभन्दा धेरैपटक हेरिएको छ ।  सो गीतको भिडियोको छायांकन तथा निर्देशन दुर्गा पौडेलले गरेका हुन् ।