काठमाडौं बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपति राजकुमार रौनीयारलाई घुससहित पक्राउ परेका उनलाइ विशेष अदालतले ४८ लाख धरौटीमा रिहा गरेको छ ।

मंगलबार विशेष अदालतमा उपस्थित भएका रौनियारलाई सो रकम धरौटीमा छाड्न आदेश दिएको हो । यसैगरी सोही मुद्दाका आरोपी उपकुलपति रौनियारका भतिजा डा रामहरि रौनियारलाई भने १० लाख धरौटीमा रिहा गर्न विशेषले आदेश जारी गरेको हो।

अख्तियारले दायर गरेको आरोपपत्रमा उनीहरुले विभिन्न समयमा भवन निर्माण गर्ने ठेकेदारसँग १ करोड २५ लाख घुस लिएको उल्लेख छ । अख्तियारले उनीहरूलाई ८ लाख घुससहित रंगेहात पक्राउ गरेको थियो।

विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मी र सदस्यहरू द्वारिकामान जोशी र प्रमोदकुमार वैद्यको इजलासले उनीहरुसँग धरौटी माग गर्ने आदेश गरेको हो।
उनीहरूले विशेषमा नगद धरौटी समेत बुझाइसकेको विशेष अदालतले जानकारी दिएको छ ।