काठमाडौँ – नेपाली महिलाहरुको महान पर्व हरितालिका तीज आउन अब केहि साता मात्र बाँकी छ । तीजको अवसरमा अहिले बजारमा नयाँ तीज गीतहरु धमाधम सार्वजनिक भइरहेका छन् । यसैक्रममा चर्चित गायिका तथा मोडेल सावित्रा भुजेलको नयाँ तीज गीत ‘परदेशी दादा’ बजारमा आएको छ । यस गीतमा गायिका सावित्रा भुजेल र हरी गिरी बिमर्शीको स्वर रहेको छ। यस तीज गीतमा शब्द तथा संगीत हरी गिरी बिमर्शी कै रहेको छ ।

भने संगीत संयोजन कृष्ण बिकको रहेको छ । यस गीतको भिडियोमा निर्देशक शंकर बिसिको निर्देशन रहेको छ । गीतको भिडियो दुर्गा पौडेलले छायांकन गरेका छन् । भने नबिन घर्ति मगरले सम्पादन गरेका छन् । यस गीतको भिडियोमा गायिका बस्नेतकै अभिनय रहेको छ ।