एजेन्सी – बलिउडमा चर्चामा आइरहने चर्चित अभिनेता हुन् आमिर खान । फिल्म ठग्स अफ हिन्दुस्तान पछी कुनै फिल्ममा नदेखिएका अभिनेता अमिर खान अब भने सलमान खान र सैफ अलि खानसँग फरक फरक फिल्ममा देखिने भएका छन् । यसैबिच पछिल्लो समय अभिनेता अमिर खानकी छोरी इरा खान चर्चामा आएकी छिन् ।

यस अघि आफ्नो प्रेम खुलाएर चर्चामा आएकी इरा खान फेरी फोटोसुटका कारण चर्चामा आएकी छिन् । सामाजिक संजालमा निकै सक्रिय इरा खानले भर्खरै एउटा बोल्ड फोटोशूट गराएकी छिन् । तस्बिरमा इरा सँगै उनकी साथि पनि छिन् । अहिले इराले शेयर गरेको उक्त तस्बिर सामाजिक संजालमा निकै भाइरल बनेको छ । तस्बिरमा उनको हेयरस्टाइलमा सबैको ध्यान गएको छ ।

उनले इन्स्टाग्राममा शेयर गरेको यो तस्बिरमा धेरै कमेन्टहरु आएका छन् । आमिर खान र रिना दत्ताकी छोरी इरा अहिले बिदेशमा पढिरहेकि छिन् । केहि समय अघि इराले आफु संगीतकार मिशाल कृपलानीसँग प्रेम सम्बन्धमा रहेको स्विकार गरेकी थिइन् ।