एजेन्सी – साउथ इण्डियनका सुपरस्टार प्रभाष पछिल्लो समय निकै चर्चामा छन् । फिल्म बाहुबली बाट चर्चामा आएका प्रभाष अहिले बाहुबली नामले नै परिचित छन् । उनले हालै बलिउडमा फिल्म साहो बाट डेब्यु गरेका छन् । पछिल्लो समय उनको फिल्म साहोमो निकै चर्चा छ । केही समय फिल्म साहो को टिजर सार्बजनिक भएको थियो । उक्त टिजर पनि दर्शकले निकै मन पराए ।

सुपरस्टार प्रभाषको फिल्म साहो यहि अगस्ट १५ मा प्रदर्शनमा आउने भनिए पनि यस फिल्मको प्रदर्शन मिती दुई साता पछि सर्ने बताइएको छ । अब भने फिल्म साहो अगष्ट ३० मा प्रदर्शनमा आउनेछ । यो फिल्म दर्शकले धेरै नै रुचाउने अपेक्षा गरिएको छ । भारतिय मिडियाका अनुसार प्रभाषले फिल्म साहो पछी बिबाह गर्ने बताइएको छ ।

एक अन्तरबार्तामा उनका मामाले नै प्रभास अब छिट्टै विवाह बन्धनमा बाधिने कुरा जनाएका छन् ।यस फिल्ममा अभिनेत्री श्रद्धा कपुर पनि एक्सन अवतारमा देखिदै छन् । सुजिथले निर्देशन गरेको यस फिल्मको लागी सुपरस्टार प्रभाषले ठूलो पारिश्रमिक लिएको बताइएको छ । उनलाई यस फिल्ममा सय करोड पारिश्रमिक दिइएको बताइएको छ । यस फिल्मको लागत भने २ सय करोड रहेको बताइएको छ । फिल्ममा निल नितिन मुकेश, जैकी श्राफ, चंकी पाण्डे, महेश मंजेरकर, अरुण विजयलगायतका कलाकारको अभिनय रहेको छ ।