एजेन्सी। बिश्वमा हामिले कहिल्र्य नदेखेका र नसुनेका परम्परा र धर्महरु छन् । एउटै देशमा पनि फरक फरक धर्म मान्ने मानिसहरु छन् । बिश्वमा खोज्ने हो भने प्रत्येक देशमा हामिले नसुनेका धर्महरु देख्न पाइन्छ । उनीहरुको धर्मअनुसार आफ्नै चालचलन हुन्छ । त्यस्तै धेरै धर्म मध्ये पनि एक हो हिन्दु धर्म । हिन्दु धर्म मान्ने मानिसहरु पनि कुनै देशमा धेरै छन् त कुनै देशमा कम । हिन्दु धर्म मान्नेले मन्दिरमा पुजा गर्ने गर्छन् । यस्तै कम्बोडियामा पनि एक बिशाल मन्दिर छ । बिश्वकै ठुलो हिन्दु मन्दिर मानिने उक्त मन्दिर ठुलो क्षेत्रमा फेलिएको छ ।

यो बिशाल मन्दिरको निर्माण सम्राट सुर्यवर्मन द्वितीयले आफ्नो शासनकालको इश्बी सम्बत १११२-५३मा यस मन्दिरको निर्माण गरेका हुन् । सिमरिप शहरमा रहेको यो मन्दिर बनाउन ४१ वर्ष लागेको थियो। मिकांग नदिको किनारमा रहेको यो मन्दिर निकै भब्य छ । यस मन्दिर क्षेत्रमा भगवान शिव तथा विष्णु को बिशाल मन्दिरहरु छन् । सयौ वर्ग माइलमा फैलिएको यो उच्च परम्परागत शैलीमा निर्माण गरिएको छ । यस मन्दिरलाइ युनेस्कोले बिश्व सम्पदा सुचिमा समेत राखेको छ । यहाँ लाखौको संख्यामा पर्यटकहरु आउने गर्छन् ।