काठमाडोँ – चर्चित निर्देशक नरमान राइको नयाँ म्युजिक भिडियो सार्बजनिक भएको छ । पाली गीत सगीत क्षेत्रसंग नजिक रहेर म्युजिक भिडियोको काम गरिरहेका राइको म त छम्म छम्म गर्दै नाच्ने बोलको नयाँ म्युजिक भिडियो अगस्त २ तारिखमा सार्बजनिक भएको हो । यस गीतमा दीपा तामाङको स्वर रहेको छ भने शब्द भने अमाशी राइको रहेको छ ।

यस गीतका एरेञ्ज उदय राज पौडेलले गरेका छन् । गीतको भिडियोलाई राज राइले निर्माण गरेका हुन । भने सिनेमाटोग्राफी र सम्पादन राज लुंगेलीको रहेको छ । गीतको भिडियोमा रेनुका चामलिंगको दमदार अभिनय रहेको छ । भने इण्ट्रोड्रक्सिन मोडेलमा कुमारी राइलाई हेर्न सकिन्छ।