हास्य कलाकार सन्तोष पन्तको नाम सुन्ने बित्तिकै ‘हिजो आज का कुरा’ भन्ने सिरियल सबैको मस्तिष्कमा आउछ । हिजो आजका कुराले हास्य सिरियलको छेत्रमा एक दशक बढि एक्लै राज गर्न सफल भयो । यहि सिरियलबाट सन्तोष पन्तको छत्र छायामा बसेर अहिलेका धेरै हास्य कलाकारहरुले आफ्नो कला देखाउने ठाउ पाएका थिए । सन्तोष पन्त पनि यहि सिरियल बाट चर्चित भए र यहि सिरियलले उनले नाम देखि पैसा सबै कमाउन सके । सन्तोष पन्त अहिले होम प्रोडक्सन बाट सिरियल कै नाम लिएर चलचित्र बनाउदै छन् । हिजो आजका कुरा नामक चलचित्रको निर्देशन सन्तोष पन्त कै छोरा साकार पन्तले गर्दैछन् ।

सन्तोष पन्तको घर पुगेर क्यानाडा नेपालका लागि पुजा श्रेष्ठले सन्तोष पन्तको जीवनशैली देखि उनको अनुभवको बारेमा वृस्तित रुपमा अन्तर्वार्ता लिएकी छिन । सन्तोष पन्तले हिजो आजका कुराबाट नै नाम र दाम कमाएर अहिले काठमाडौमा दुइ वटा घर, दुई वटा गाडि सम्म किन्न सकेको कुरा यहि कार्यक्रममा उल्लेख गरेका छन् । सन्तोष पन्तको जीवन शैली साधारण र सरल रहेको कुरा उनले कुराकानीमा खुलाए । सन्तोष पन्तले धेरै दुख र पिडा गर्दै कार्यक्रममा काम गरेको र त्यो बेला समय सान्धर्भिक कथालाइ समेटेको कारण त्यस सिरियलले दर्शकको मन छोएको कुरा बताए ।

सन्तोष पन्तलाई तपाई कत्तिको रक्सि खानुहुन्छ भन्ने प्रश्नमा उनले भने: “म खान्छु रक्सि पहिला देखि नै खाने गरेको हु तर खाने भन्दैमा जे पायो त्यहि खाने गरेको छैन । म ब्राण्डेड रक्सि मात्र खान्छु । म आर्मीमा हुदा रक्सि खाने बानि परेको रमाईलो किस्सा छ ।” साथै कलाकार पन्तले आफ्नो प्रेम विवाह भएको र एक समयमा आफुले मन पराएको केटिलाई पट्याउन घरबाट हाम पनि फालेको कुरा उल्लेख गरे । सन्तोष पन्तको सिरियल फेरी टेलिभिजनमा आउछ कि आउदैन भन्ने प्रश्नमा उनले भने: “यो मेरो हातमा छैन । यदि कुनै टिभीले कार्यक्रम गर्नुस भन्यो भने म जहिले पनि तयार छु बनाउन । तर अहिले चाहि हामि चलचित्र बनाउन लागेका छौ हाम्रो तर्फबाट ।”