काठमाडौं । आज मंगलबार सुनको मुल्य फेरि बढेको छ । हिजो १५ सय रुपैयाँ बढेर नौलो रेकर्ड नै राखेको सुनको मुल्य आज फेरि २ सय रुपैयाँले बढेको हो । हिजो प्रतितोला ६७ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छापावाल सुनको मुल्य आज पनि बढेर प्रतितोला ६८ हजार रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

त्यस्तै आज तेजावी सुनको मुल्य पनि बढेर प्रतितोला ६७ हजार ७ सय रुपैयामा कारोबार भइरहेको महासंघले जनाएको छ। त्यसैगरी आज चाँदीको मुल्य भने परिबर्तन भएको छैन । आज चाँदीको मुल्य प्रतितोला ७ सय ९५ रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ।