एजेन्सी – अभिनेता सिद्धार्थ मल्होत्रा ​​र परिणीति चोपडाको फिल्म ‘जबरिया जोडी’ को एक मनछुने गीत रिलीज भएको हो । यसअघि फिल्मको रोमान्टिक गीत रिलिज भएको थियो । उक्त गीत दर्शकले निकै मन पराएका थिए । यसैक्रममा निर्माताले फेरि अर्को गीत रिलिज गरेका छन् । उनले अहिले ‘ख्वाबफरोशी’ बोलको नयाँ गीत रिलीज गरेका छन् । यो गीत भने अघिल्लो गीत भन्दा फरक छ ।

यस गीतमा मन छुने पिडा लुकेको छ। यस फिल्म एक पक्रेर गरिने बिहेसँग आधारित रहेको छ । यो प्रथा बिहार र उत्तर प्रदेश राज्यमा अहिले पनि भएको देखिन्छ। यस फिल्म राम्रो देखिनको लागि उत्तर प्रदेशको वास्तविक स्थानमा नै गरिएको छ । ९ अगस्टमा रिलीज तयारीमा रहेको यस फिल्ममा जावेद जाफरी, अपारशक्ति खुराना, संजय मिश्रा र चंदन राय सान्याल लगायतका कलाकारहरु रहेका छन् ।