साम्राज्ञी शाह अहिलेको हट केक हुन् नेपाली चलचित्रको लागि । साम्राज्ञीको फ्यानहरु सोसल मिडियामा धेरै नै छन् र उनलाई ठुलो पर्दामा हेर्न दर्शकहरु आतुर पनि छन् । तर अहिले केहि समय देखि साम्राज्ञी गसिपको सिकार बनेकी छिन । बालिमा प्रेमीसंग खिचिएको तस्बिरहरु भाईरल हुदा साम्राज्ञीको बारेमा धेरै गसिपहरु बने जसले सोसल मिडिया केहि समय देखि तत्ताएको थियो । साथै केहि दिन अघि साम्राज्ञीको चर्चा भारतीय मिडियामा पनि चलेको थियो ।

साम्राज्ञीको नया चलचित्र मारुनीको आज ट्रेलर रिलिज भएको छ । ट्रेलर रिलिजको कार्यक्रममा साम्राज्ञीले भावुक हुदै मारुनी फिल्मको बारेमा मिडिया सामु खुलेर बोलिन । चलचित्रको स्क्रिप्ट सुन्दा सुरुमा डर पनि लागेको तर सबैको हौसलाले गर्दा मैले आफ्नो क्यारेक्टरलाई न्याय दिन सकेको छु भन्दै भावुक हुदै आफ्नो भावना पोखिन । म बोल्ड होइन मेरो डाईलगहरु बोल्ड भएको कुरा पनि मिडिया सामु उल्लेख गरिन ।