एजेन्सी – सँसारमा अनौठा कुरा देख्न र सुन्न पाइन्छ । संसारमा विविध प्रकारका होटलहरु हुन्छन् । ग्राहकलाई नौलो अनुभुति दिलाउन फरक फरक खालका होटल खा्ेलिएका हुन्छन् । यस्तै चीनमा एक यस्तो अनौठो होटल छ जहाँ जान निकै मुस्कील पर्छ । उक्त होटलमा पुग्न ६० हजार सिँढी चढेर जानुपर्छ । यो होटल चीनको येल्लो माउन्टेनमा रहेको छ ।

पहाडमा १८३० मिटर उचाईमा रहेको यस होटलको नाम जेड स्क्रिन होटल हो । यस होटलबाट निकै मनोरम दृश्य देख्न सकिन्छ । निकै भब्य रहेको यो होटल निकै सुन्दर ठाउँमा छ । यो होटलमा स्विमिंग पुल र बिभिन्न सुबिधाहरु साथै ६५ वटा सुविधासम्पन्न कोठाहरु छन् । यो होटलमा पुग्न नसक्नेहरुलाई यहाँ भरियाको पनि ब्यबस्था रहेको छ । यो होटललाई पहाड खोपेर अनौठो तरिकाले बनाइएको छ । त्यहा जाने सिँढीहरु चढ्दा निकै डरको अनुभुति हुन्छ ।