एजेन्सी – चीले एक पछि अर्को गरी नौलो चमत्कार गर्दै आएको छ । अहिले बिश्वमा नै चीन आविष्कार, निर्माण र विकासमा धेरै अघि छ । बेलाबेलामा चिनले सँसारलाई नै चकित पर्ने आविष्कार गरेर देखाउछ । यस्तै चिनले पत्याउनै नसकिने एक अर्को काम पनि गरेको छ । चिनले गरेको अर्को चमत्कारी काम धनेको जमिनमुनी पाँचतारे होटेल बनाउनु हो । जमिनमुनी पाँचतारे होटेल बनाएर चनिले अहिले सँसारलाई नै चकित पारेको छ ।

उक्त होटल चीनको सांघाईस्थित सोंगजियांग क्षेत्रमा रहेको छ । यो होटल निर्माण गर्न १२ वर्ष लागेको थियो । यो होटेल १८ तल्लाको छ । होटेलमा जम्मा ३ सय ३६ वटा कोठा रहेका छन् । यो होटलको अधिकांश भाग जमिनको सतहभन्दा तल छ । यो होटलको दुई तल्ला जमिनमाथि नै देखिन्छ । तर बाकीँ भाग जमिनमुनि छन् ।

त्यसमा पनि पुछारका दुई तल्ला त पानीको पोखरीमुनि नै छन् ।पानीमुनि रहेका दुई तल्ला निकै रोमाञ्चक छ । यो होटेल बनाउन ५ सय जना आर्टिटेक्ट, इन्जिनियर तथा मजदुर लागेको बताइएको छ । यो होटल ३२ अर्ब रुपैयाँको लगानीमा बनेको हो । होटेलको सबैभन्दा महँगो कोठाको खर्च एक रातको १४ हजार डलर पर्ने बताइएको छ ।