पछिल्लो समय मिडियाहरुमा छाईरहेकी रबिना बादीले छोरा बचाउन आफ्नो एउटा किड्नी बेचेकी छिन् । सानै उमेरमा बलत्कारको सिकार भई बलत्कृत ब्यक्तिसँग बिवाह गरेकी रबिना अहिले भने एक्लै बसोबास गर्दै आएकी छिन् । जातिय कुरा उठाएर उनकी सासु तथा श्रीमान्ले उनलाई घरबाट निकालेका हुन् ।

घर छाडेर हिड्की उनी बिभिन्न संघ सस्थाहरुको सहयोगमा काठमाण्डौमा बसोबास गर्दै आईरहेकी थिईन् । छोरालाई एक्कासी लागेको रोग पत्ता नलागे पछि उनी उपचारको सिलसिलमा भारत गएकी थिईन् । पछिल्लो समय उपचारको लागि पैसाको अभाव भएपछि उनले छोराको उपचारको लागि आफ्नो एउटा किड्नी बेचेकी हुन् ।

किड्नीदान दिए पश्चात अहिले भने उनी आराम गरिरहेकी छिन् । स्वच्छ मन भएका नेपाली दाजुभाई तथा दिदिबहिनीहरुलाई आफ्नो छोरा बचाउको निम्ति सहयोगको अपिल समेत गरेकी छिन् ।

रबिनाबादी सँगको कुराकानीको भिडियो तल हेर्नुहोस्…..