एजेन्सी । सँसारमा अनौठा जीवहरु पाइन्छन् । हामिले कहिल्यै नसुनेका र नदेखेका जीवहरु पनि धेरै छन् । सँसारमा यस्तो अनौठो जीव पनि छ जुन कहिल्यै मर्दैन । तपाईले कहिल्यै सुक्ष्म जीव टार्डिग्रेड्सको वंशाणुका बारेमा सुन्नु भएको छ । यो यस्तो अनौठो जीव हो जसका आठ वटा खुट्टा हुन्छन् ।

यो त्यधिक चिसो ठाउँ, खतरनाक सुख्खा ठाउँमा मात्र नभई अन्तरीक्षणमा समेत बाँच्न सक्छ । यो कुरा बैज्ञानिकहरुले दाबी गरेका छन् । यो जीव एक मिलिमिटर वा त्योभन्दा पनि सानो आकारको हुन्छ ।

यो जीवमा पत्ता लागेको दुईवटा प्रजातिहरुको डिएनए डिकोड गरेका छन् र यस एउटा जिनका कारण उ कहिल्यै पनि नर्मर्ने रहस्य बैज्ञानिकहरुले पत्ता लगाएका छन् । पानी भालु नाम दिइएको यो जीव पृथ्वीमा जस्तो सुकै प्रलय आएपनि बाच्ने बताइएको छ । यसमा जिन सुख्खा परिस्थितमा सक्रिय हुने र पानी पर्दा निस्क्रिय हुने क्षमता हुन्छ ।