श्रावण १६ , क्यानडानेपाल डट कम : प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार मन्त्रिपरिषद्को विस्तार गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीमा योगेश भट्टराइलाई नियुक्त गर्नुभएको छ । स्वर्गीय पूर्व मन्त्रि रविन्द्र अधिकारीको मृत्यु पश्चात उक्त मन्त्रीपद खालि भएको थियो । यो संगै अहिले देशमा दुईवटा परिस्थिति श्रीजना भएको छ। सत्तापक्षका समर्थकहरुमा नयाँ उमंग छाएको छ भने प्रतिपक्षमा ब्यापक आक्रोश। कुनै पक्ष नभएका जनताको भावनामा भने खासै फरक परेको देखिएको छैन।

पर्यटन तथा संस्कृति मन्त्रिको कार्य संस्कृति र पर्यटन को विकास गर्नु हुन्छ।  नेपालको भूमि र संस्कृति सनातन धर्म अर्थात हिन्दु, बौद्ध , किराँत लगायत धर्म र संस्कृतिले सजिएको छ र नेपाल भित्र ९४ % भन्दा बढि मानिसले इश्वरलाई बिश्वास गर्छन। यो यस कारण हो कि , नेपालका सनातनीहरुको संख्या ९४% भन्दा धेरै छ। यहि इश्वर प्रतिको आस्थाको कारण नै कसैले सपथ खाने बेलामा समेत इश्वरको नाममा सपथ दीईने गरिएको हो।

तर, गणतन्त्र पश्चात प्रचण्डको सरकार बन्ने बेलामा प्रचण्डले जतिबेला इश्वरको नाममा सपथ खान मानेनन् , ठिक त्यसैबेला देखि देश प्रचण्डपथमा लम्कियो।  यहाँसम्म कि प्रचण्डलाई आतंकवादी प्रमाणित गर्ने पूर्व एमाले समेत नेकपा बनेपछि स्वयम् प्रधानमन्त्री ओली पनि प्रचण्डपथमा नै लम्कीई उनले पनि इश्वरको नाममा सपथ खान मानेनन्। सोहि क्रममा हिजो सपथ खाएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले पनि इश्वरको नाम लिन चाहेनन्। यस अर्थमा प्रचण्डपथ लागु गर्न सफल भएका प्रचण्डलाई बधाई त दिनु नै पर्छ।

तर, यहाँनेर घटना बुझ्नलाई अर्को प्रसंग पनि जोड्नुपर्छ।  कहिले ज्योतिषीको सल्लाह अनुसार भैंसी पुजा गर्ने , कहिले आफ्नो चिना देखाएर मांगलिक योग कटाउन आफ्नो रोगि श्रीमती निको हुन्छिन कि भनेर आफ्नो ५० औ बिवाह उत्सब मनाउने कार्य गर्ने प्रचण्डले इश्वर मान्दैनन भनेर बिश्वास गर्ने र उनकै मार्गमा लम्कने ओली र योगेशलाई के भन्ने ?

नेपालको इश्वर भूमिमा इश्वरको नाम नलिनुमा प्रचण्डको निहीत स्वार्थ छ।  त्यो स्वार्थ हो , विश्वको अघि नेपाल इश्वर अर्थात देव भूमि हैन भनेर प्रमाणित गर्ने र अन्त्यमा इश्वरको साटो बाइबलको सपथ खाने स्थितिमा देशलाई पुर्याउने। बुद्ध , सिता र भृकुटी तथा नाम चलेका ऋषिमुनि वेदव्यास , पाणिनि आदि जन्मिएको देश देवभूमि नै हैन भनेर प्रमाणित गर्नको लागि इश्वरको नाममा सपथ नखानु भन्ने आदेश मात्र प्रचण्डले पालना गरेका हुन् र त्यहि सिको आजसम्म उनि पछिका बाँकी कम्युनिस्टहरुले गरेका हुन्।

संस्कृति मन्त्रि भएर इश्वरको नाम नलिनुले ९४% भन्दा धेरै इश्वरको सत्ता मान्ने जनताको मन अवश्य दुखेको छ।  इश्वरको नाम नलिनुले दुईवटा कुरा प्रमाणित गर्छ। कि संस्कृति मन्त्रि योगेशले इश्वरको बिश्वास नै नगर्ने र उनि नास्तिक भएका कारण त्यसो गरेका हुन् वा इश्वर प्रति अति विश्वासले गर्दा इश्वरको नाममा सपथ खान डराएका हुन्।

यी दुवै अवस्थामा उनको नियत खराब नै देखिन्छ।  इश्वरको सत्ता मान्ने सनातन संस्कृतिको विकास र संरक्षण के एक इश्वर नै नमान्ने र इस्वरको नाम लिन नै नचाहने नास्तिकले गर्न सक्छ ? अथवा , इश्वरको नाममा सपथ खान डराउनेले के नियतबस भोलि खराब काम गर्दा पाप लाग्ला भनेर कतै त्यो नगरेका हुन् कि ? कम्युनिस्टहरुको नायक प्रचण्डको दुई जिब्रे व्यवहारलाई हेर्दा त दोश्रो शंकालाई प्रमाणित गर्छ किनकि कम्युनिस्टहरु भगवानमा बिश्वास गर्ने रहेछन भन्ने कुरा उनले गरेका पूर्व व्यवहारले थाहा हुन्छ भने उनले डरले वा कसैको करले नै सपथ नखाएका हुन् भन्ने कुरा सपथ खाँदा इश्वरको नाम नलिनुले थाहा हुन्छ।

प्रचण्डले सुरुवात गरेको खराब संस्कृति नै संस्कृति जोगाउने जिम्मा पाएका योगेश सम्म आइपुग्नु दुखद हो। यस्ता संस्कृतिमन्त्रि बाट संस्कृति जोगिएला भन्ने आशा नेपालीहरुले नगरे पनि हुन्छ। हुन त योगेशले संस्कृति तथा पर्यटन मन्त्रि बन्नलाई के सम्म गरेनन्। २०३७ सालदेखि अनेरास्ववियुको राजनीति सुरू गरेका उनी २०५१ मा अनेरास्ववियुको सभापति भएका थिए। २०५४ मा एमाले फुटेर माले बन्दा त्यसको विद्यार्थी संगठनको अध्यक्ष योगेश भट्टराई थिए भने महासचिव रवीन्द्र अधिकारी थिए।

मालेमा छदा नै एमालेले गरेका एकाउन्न अपराध नामको पुस्तक नै योगेश भट्टराईको समुहले निकालेको थियो । जुन समुहका प्रमुख पात्र नै योगेश थिए।  खैर, यो बेग्लै कुरा हो कि तत्कालिन एमाले भित्रबाट उनले त्यतिबेला अपराधि देखेका ओली र माधव कै छायाँमा आज ओलिसम्म आइपुग्दै उनि पर्यटनमन्त्रि बन्न सफल भएका छन्।   २०७५ सालसम्म आइपुग्दा पार्टीको शक्ति सन्तुलनमा भट्टराई माधवकुमार नेपाल र अधिकारी वामदेव गौतम हुँदै केपी ओली खेमामा योगेश आइपूगेका हुन्।  यो योगेशको मन्त्रि बन्ने पहिलो चरणको प्रयास थियो।

चुनाबी अभियानको क्रममा ताप्लेजुंग बाट चुनावी अभियानमा ताप्लेजुङ गएका बेला तत्कालीन एमालेका अध्यक्ष एवम् वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले ताप्लेजुङबासीले भट्टराईलाई चुनाव जिताएर पठाए आफूले मन्त्री बनाउने बचन दिएका थिए। तर, वास्तविकतामा उनलाई मन्त्रि नबनाएपछि उनि सरकार विरुद्ध खनिएका थिए र एकपटक त उनले एक अन्तरवार्तामा आफू केहि गरेपनि ओलीको सरकारमा मन्त्रिपद खान नजाने अडान समेत लिएका थिए। वास्तवमा त्यो अडान र सरकारको बिरोध मन्त्रि पदसंगको उनको वार्गेनिङ्ग थियो र त्यो एउटा घुर्की मात्र थियो भन्ने अहिले आएर प्रमाणित भएको छ ।

योगेश वास्तवमै सफल नेता हुन् , उनले ड़ा गोविन्द केसी को विरोध गर्दा गर्दै , आफ्नी श्रीमती बिन्दा घिमिरेलाई नर्सिङ्ग परिषदको रजिस्टार बनाए भने सरकारको तथा वाइडवडि काण्ड बारे बिरोध गर्दा गर्दै र स्वर्गीय रविन्द्र अधिकारीको हत्याको आशंका देखाएर आवाज उठाउदा उठाउदै आज आफैं संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बनिदिए। स्मरण रहोस , योगेश तिनै नेता हुन् जो केहि महिना अघि काठ्माण्डौमा घर हुँदा-हुँदै पनि मेरो काठ्माण्डौमा घर छैन भन्दै सरकारबाट घरवहाल सुविधा असुल्ने र सरकारबाट दोहोरो सुविधा लिने नेताको रुपमा आलोचित भएका थिए। उनले काठ्माण्डौमा घरजग्गा कसरि जोडे भन्ने विषय पनि बेला बेला आलोचित हुने गरेको छ।

उनको विगतको क्रियाकलाप हेर्दा उनले इश्वरको नाममा सपथ नखानु जायज नै देखिन्छ किनकि देवभूमि नेपालमा इश्वरको सपथ खादा गलत कार्यको सजाय पाउने डर पनि रहन्छ।  त्यसैले विगतको उनको चतुर्याई तथा गलत कर्मको त चर्चा छाडौ तर अब अहिले आएर योगेशको जिम्मामा त्यहि वाइडवडी , उनले हत्याको शंका गरेको स्व.रविन्द्र अधिकारि दुर्घटना र उनले नै वाइडवडिमा शंका गरेका पूर्व प्रम देउवा विरुद्ध छानवीन गर्ने अवसर उनलाई  मिलेको छ।

यो अवसरलाई उनले नगुमाई सत्य तथ्य बाहिर ल्याएर वाइडवडि को दोषीलाई सार्वजनिक गरे भने उनले विगतको पाप पखाल्ने छन् नत्र डा. गोविन्द केसीको विरोध गरेको जस्तै र सरकारको विरोध गरेको जस्तै गरेर पद साटे जस्तो चलाखी मन्त्रि पदमा बसेर पनि उनले देखाए भने उनलाई अब विगत तथा आउने दिनहरु सबै मिलेर एकसाथ सराप्ने छ।  इश्वरको नाम नलिदैमा पापबाट बचिदैन किनकि नाम नै नलिए पनि र नदेखे पनि हामि सबैमाथि इश्वरकै सत्ता छ। यो कुरा कम्युनिस्टहरु र विशेष गरि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले बुझ्न जरुरि छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईलाई शुभकामना।