एजेन्सी – बिश्वमा धेरै अनौठा प्रतिभा भएका मानिसहरु छन् । फरक फरक प्रतिभा भएका मानिसहरुले आआफ्नो नौलो कीर्तिमान राखेका छन् । बिश्वमा यस्ता अनौठा मानिसहरु पनि छन् जसका प्रतिभाले बिश्वनै चकित पर्छ । उनीहरुले पत्याउनै मुस्किल पर्ने कार्यहरु गरेर देखाउछन् । यस्तै भारतमा एक अनौठा प्रतिभा भएका मानिस छन् ।

उनको त्यो अनौठो प्रतिभाले जोकोही चकित पर्छ । भारतको तमिल नाडुस्थित कोइम्बटोरमा बस्ने एक मानिसले साङला , बिच्छी र गड्यौला खाएरै विश्व कीर्तिमान राखेका छन् । २७ वर्षका जोन पिटर नाम गरेका उनले आनन्दले साङला , बिच्छी र गड्यौला चबाउछन् । उनले हरेक बिहान उठेर आधा किलो गड्यौला खान्छन् ।

उनले दैनिक किरा फट्यांग्रा नै खान्छन् । उनले लञ्चको रुपमा सागपात र गड्यौला भरेको स्याण्डविच खान्छन् ।जोनले खाजाका रुपमा १० देखि २० वटा सम्म छेपारा खान्छन् । उनले बेलुकाको खानामा दाल भातका साथै फट्याङग्रा खाँने गरेका छन् ।