संसारमा अनेक चिजहरु देख्न र सुन्न पाइन्छ । सँसारमा यस्ता अनौठा चिज छन् जुन सुन्दा साच्चै जस्तो नै लाग्छ । कुनै त पत्याउन नै मुस्किल पर्छ । धेरै कुराहरु साँच्चैका तर विचित्रका पनि हुन्छन् । यस्तै सँसारमा यस्तो अनौठो रुख भेटिठएको छ जसले मानिसले जस्तै ब्यबहार देखाउछ । त्यो देख्दा जोकोहीलाई पत्याउनै कठिन पर्छ ।

यो अनौठो रुख कतै नभएर हाम्रै छिमेकी देश भारतमा छ । भारतको उत्तराखण्डस्थित कालाढुंगी जंगलमा एउटा यस्तो रुखको प्रजाति छ, जसलाई मान्छेलाई जस्तै काउकुती लाग्छ । कुरा सुँन्दा अनौठो लाग्छ तर यो साचोँ हो । रुखको फेदमा औंला रगड्दा उसका हाँगाबिँगा आफैं हल्लिन थाल्छन् । उक्त रुखलाई मानिसलाई जस्तै काउकुती लाग्छ । अचम्मको हर्कत देखाउने र आफैं हल्लिने हुनाले त्यो रुखलाई हास्ने रुख नाम राखिएको छ । यो रुखको वैज्ञानिक नाम रेन्डिया डुमिटोरम हो । यतिबेला यो रुखलाई छुँदा किन काउकुती लागेझैं हर्कत गर्छ भन्ने विषयमा वैज्ञानिकले अनुसन्धान गरिरहेका छन् ।