नायिका करिश्मा मानन्धरले आज बिहान डाक्टर सुरेन्द्र केसीको अभिव्यक्ति माथि आक्रोश हुदै फेसबुकमा स्ट्याटस लेखेकी थिईन । डाक्टर केसीले आफु माथि र आफ्नो श्रीमान बिनोद मानन्धर माथि गरेको टिप्पणीले आफुलाई चोट पुगेको भन्दै करिश्माले आफ्नो भावना फेसबुक मार्फत पोखेकी थीइन जुन आज दिनभर चर्चाको विषय बन्यो । डाक्टर केसी माथि आफु र आफ्नो परिवारको सम्मान आज घटेर गएको र वहा जस्तो व्यक्तिले त्यस्तो टिप्पणी गर्नु गलत हो भन्दै आक्रोश पोखेकी थिईन करिश्माले । यहि विषयमा सुरेन्द्र केसीले करिश्माको भावना र आक्रोश पढेपछि माफी मागेका छन् ।

क्यानाडा नेपालका लागि सन्तोष निरौला संग कुराकानी गर्दै डाक्टर केसीले करिश्मा मानन्धर संग माफी माग्दै भने: “मैले करिश्मा जी लाई नराम्रो भनेको थिईन तर वहाले मेरो भाव बुझ्नसक्नु भएन र सायद वहा लाई चोट पर्यो होला । यदि मेरो कारणले गर्दा करिश्मा जी र वहाको परिवार लाइ केहि असर परेको भए माफी माग्छु । तर वहा लाई फेरी एकचोटी मैले भनेको सुन्न अनुरोध गर्छु र मेरो भनाईको भाव बुझ्न बिन्ति पनि गर्छु । करिश्मा जी प्रति मेरो कुनै रिष वा पूर्वाग्रह छैन । मैले लागेको कुरा भनेको हु र यदि वहा लाइ चोट पुगेको भए ‘आई एम सरि’। अब यो कुरालाई छवि शिल्पा जस्तो झगडा गरेर नलम्भ्याउ ।”

हेर्नुहोस भिडियो कुराकानी:

“बिनोद मानन्धर मेरो साथि हो तर करिश्मा जी संग मेरो भेटघाट भएको छैन । त्यसैले मेरो कुराले वहा लाइ पिडा भएको भए चाहि मैले माफी मागेको हु । वहाले पढेर राम्रो गर्नुहोस पहिला पढ्नुहोस । राम्रो कलाकार हो कलामा राम्रो गर्नुहोस भनेको हो तर मेरो कुराले वहा लाइ नराम्रो लाग्यो त्यसैले म केहि भन्दिन माफी मात्र माग्छु ।”

यो पनि पढ्नुहोस: अभिनेत्री करिश्मा मानन्धरले भनिन्, ‘सुरेन्द्र केसीबाट मैले यस्तो आशा गरेको थिइनँ’