करिश्मा मानन्धर । डा. सुरेन्द्र के.सी विश्लेषक, बोलिरहनु हुन्छ , तर कहिलेकाहीँ के बोल्नु हुन्छ के, त्यो वहाँको बोलाइको आधारमा वहाँको व्यक्तित्व आन्दाज गर्न मुस्किल जस्तो । हालै एउटा अन्तर्वार्तामा वहाँले भन्नु भएको रहेछ कि सिनेमाका व्यक्तिहरुले आफ्नो व्यबहार र आचरणका कारण आफूलाइ निम्न स्तरमा पारेका छन् र उदाहरण दिँदा मेरो श्रीमान बिनोद जीको नाम लिनुभएको रहेछ ।पोखरामा बिनोद जीले वहाँलाई देखेपछि आफैँ गएर भेट्नु भयो रे अनि म करिश्माको श्रीमान भन्नु भयो रे तेस्ले बिनोद जीले आफ्नो इज्जत घटाउनु भयो रे । वहाँजस्तो व्यक्तित्वबाट मैले यो आशा गरेको थिइनँ ।

जबकी जब बिनोद जी पोखराबाट फर्किनु भयो कस्तो उत्साहित भयेर भन्दै हुनुहुन्थ्यो र भन्दै हुनुहुन्थ्यो मैले पोखरामा डा. सुरेन्द्र केसी लाई भेटेनी, म आफै बोल्न गएँ, ( बिनोद जील ले सुरेन्द्र केसी को सबै अन्तर्वार्ता फलो गर्नुहुन्छ र वहाँको भनाइ मनपराउनु हुन्छ । बिनोद जीले आफ्नो परिचय दिँदा करिश्माको श्रीमान भनेकोले बिनोद जी कसरी इज्जत बिहिन हुनुभयो डा . के सी ? जो मानिस आफू राजा जस्तो बनेर हिड्न चहान्छ नि उस्ले आफ्नो श्रीमतीलाई रानी सरहको व्यवहार गर्छ ।

अनि जो मनिस तपाईंको आगाडि सम्मानका साथ झुकेर बोल्न आउँछ नि त्यो उस्को कमजोरी होइन त्यो उसको बडप्पन हुन्छ । यहीइबेला तपाईं, बिनोद र मेरी छोरी कविताको युट्युब कुराकानी जब मेरो छोरीले सेयर गरन ममि भन्दा मैले गरिन त्यो कुरामा कबुम सँग रिसाएको थियो । त्यो तपाईंप्रति उस्को सम्मान थियो बुझ्नुभयो । तर, त्यो कुराकानीमा मेरो परिवारको साधारणपन देखेर तपाईंको आनुहारको बेवास्ता मैले पढेको ले त्यो सेयर गरिन ।

आफ्नो ज्ञानलाई दम्भ होइन हजारौं नबलेका दियो बाल्ने ज्योती बनाउनुस् । बिनोद मानन्धर तपाईंको तुलनामा कुनै कुरामा कम छैन । सबैभन्दा ठुलोकुरा उहाँमा मानवता छ र उहाले तपाईंले जस्तो अरुको नचाहने जजमेन्ट गरेर अरुकोबारे गलत व्याख्या गर्नुहुन्न ।अब आइन्दा बोल्दा विचार गर्नुहोला । सबैले सहँदैनन्। हामीले तपाईंको केही खाएको छैन ।

(करिश्मा चर्चित अभिनेत्री हुन्)