काठमाडौं – रिसिङ गाउँपालिका ४ तनहुँका ४२ वर्षीय मानबहादुर आले मलेसियाबाट घर नफर्केकेको १३ वर्ष पुग्यो।७९ वर्षीय बुबाआमा छोरा मानबहादुरको बाटो हेर्दै बसिरहेका छन्। छोरो घर फर्किने अत्तोपत्तो छैन। मानवबहादुरको वैधानिक भिसा छैन। उनी मलेसियाको आवसीय कानुनविपरीत बसिरहेका छन्। गैरकानुनी हैसियतमा मलेसियामा लुक्दै बसिरहेका ‘मानबहादुरहरू’लाई बिनाजेल स्वदेश फिर्ने अवसर पुनः दिइएको छ।

भिसा नभई म्याद सकिएर अभिलेखविहीन (गैरकानुनी) भई बसेका विदेशी कामदारलाई बिनासजाय स्वदेश फिर्न पाउने अवसर साउन १६(अगस्ट १) देखि पुस १५ (डिसेम्बर ३१) सम्मको तोकिएको छ। यो समयमा फर्किने कामदारले जेल बस्नु पर्दैन। याे खबर अाजकाे कान्तिपुरमा हाेम कार्कीले लेखेका छन्। ‘कम्तीमा १५ हजार नेपाली गैरकानुनी रूपमा बसेको हुनुपर्छ, मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डेले भने।