प्रकाश पाण्डे । समय पनि कस्तो आयो? निहुरिएर स्क्रिनमा फुर्सदै छैन । घटना सूचना हेर्दै लाइक कम्मेन्ट गर्दै ह्याप्पी वर्थ्डे, रिप लेख्दै ठिक्क छ। प्रत्यक्ष सम्वादको अवस्था सकिएको छ।भेट पूर्व नै सूचना र खवरको ज्ञात भएको हुन्छ । के गर्दै हुनुहुन्छ ? सन्चै हुनुहुन्छ ? भन्ने प्रश्न प्रत्यक्ष रुपमा मृतप्रायः भएका छ्न्। यी र यस्तै गतिविधि र ब्यवहारले संस्कार दिक्क भएको छ। ऊ मनमनै भन्छ“ केही बाँकी छ भने त्यो वास्तविक मुस्कान र स्पर्श मात्र बाँकी छ नत्र अब केही बाँकी रहेन, मानिस मोबाइल र ईन्टरनेटको दासी भयो । प्यासी भयो । नराम्रो सरावी भयो । मौलिकता सिध्याएर सनातनहरु र परोक्षहरु कृत्रिम भए । ती नै बलिया र यथार्थहरु बन्दै जादैछन् । सत्य बन्दैछन् । तथ्य बन्दैछन् । “ऊ भन्छ, “थाहा छैन् मेसिनले हाम्रो मन भित्र पनि शासन गरेर भावनाहरुलाई सिध्याएको देख्दा रुन मन लाग्छ।“

ऊ स्कुलको एउटा कर्मचारी हो । बर्षे छुट्टी भएर स्कुल लागेकै दिन जब एउटा मान्छे ठिङ्ग उभिएर उसलाई दिनभरिको काम लगातार अह्रायो । ऊ छ्क्क पर्यो । उसले काम गर्न थाल्यो त्यसको निरीक्षण गर्यो। लेखाजोखा र्गयो । रेकर्ड राख्यो । अह्राएन मात्र काम सिकायो पनि। सिकाएन मात्र थर्कायो पनि। बैद्धिक कार्यमा पनि सहयोग गर्यो । ऊ अचम्मित भयो । निक्कै डरायो । आफ्नो पेशा र क्षमताप्रति नै सशंकित भयो ।

यस्तो आश्चर्य जनक घटना उसको जीवनमा कहिल्यै भएको थिएन । त्यस दिनको अन्त्यमा सबै स्टाफहरुलाई एकै ठाँउमा राखेर हेड्सरले भने, ‘म एआई जडित मानव निर्मित उच्च स्तरको बौद्धिक यन्त्रमानव हुँ । अब म प्रत्येक स्कुलमा समय र बौद्धिकताको भष्टाचारी र अल्पज्ञानीहरुलाई एक एक गरि ठिक लगाउँछु । त्यस दिनदेखि उक्त मेसिन उसको प्रमुख हो भन्ने थाहा पायो । छाँगाबाट खस्यो । मानव जगतको नरसंहार देख्यो । जागिर त के जीवन देखिनै मेसिनको दासी भएकोमा चरम निराशा छायो। मुठ्ठीभरका शासक र बौद्धिक भनिनेहरुले मेसिन मार्फत वास्तविक मानिसलाई गरेको शोषण र खोसिएको स्वतन्त्रता र गोपनीयताको हनन् देख्दा उसलाई बारम्बार रिंगटा लाग्छ । दिक्क लाग्छ।मानव जातिकै सबैभन्दा ठूलो असफलता लाग्छ।संसारकै सबैभन्दा ठुलो नैतिक प्रश्न हो भन्ने लाग्छ।

घर पुगेर टुसुक्क भुइँमा बस्छ। माथि दलिनमा सिसि क्यामरा र रेकर्डर देख्छ। उसले ठन्डा दिमाग लगाएर सोच्छ, मेसिन नियन्त्रणको औजार हो। औजारबाट शक्ति प्राप्त हुन्छ । शक्तिसँग सबै सामाजिक, राजनितिक, धार्मिक मानिसहरु आकर्षित हुन्छन् । अझ आविष्कारबाट प्राप्त हुने शक्तिसँग सबै यहाँ नतमस्तक छन् । रोमान्चित छन् । आफूलाई बैभवशाली ठान्छन् ।अत्याधुनिक ठान्छन् ।त्यसलाई आत्मासाथ गरेकै छन् । यसमा मैले मात्र चिन्ता गर्नुपर्ने किन? मैले पनि यसरी फरक तरिकाले सोच्दा र लिदा हुदैन्? यसलाई मैले पनि महान उपलब्धि मान्दा र आत्मासाथ गर्दा हुदैन? म पनि यसलाई सकारात्मक रुपमा लिन्छु।

“धन्यवाद ! संस्कार जी! तपाइँको यो सकारात्मक सोचको म सलुट गर्छु।“ स्कुलको मेसिनरी हेडसरले भन्यो। ऊ पुनः अचम्मित भयो। उसले ढिलो गरि स्वागत छ हेड्सरले भन्यो तर त्यतिबेला अचम्म मेसिनरी हेड्सर लोप भइसकेका थिए।

(प्रकाश पाण्डेको फेसबुकबाट)