सामाजिक संजालहरूमा निकै नै लोक प्रिय विभिन्न नेपाली म्यूजिक भिडियोहरूमा बाल कलाकारको अभिनय गरेकी सेलिब्रेटी सृष्टिले आफ्नो दाजु सन्जयलाई भर्जिनियाको फेडरिक्सवर्गको घरबाट मेरिल्यान्डको मूल घरमा गई भाइटीका लगाइदिएकी छिन् ।

२०१८ नोबेम्बर ९ का दिन संयुक्त राज्य अमेरिकाको मेरिल्यान्ड राज्यको इलिकोट सिटि स्थित मूल घरमा धुमधामका साथ टीकाको शुभ साइत स्थानिय समय अनुसार ११ बजेर ५२ मिनेटमा नै भाइटीका लगाइ दिएको पारिवारिक श्रोतले बताएको छ ।
पछिल्लो समय भाईरल भई रहेकी पाँच वर्षिय बालिका सृष्टि सामाजिक संजालहरूमा निकै नै लोक प्रिय भई रहेकी छिन् । बिदेशी परिवेशमा हुर्किएकी सृष्टि नेपाली भाषा संस्कृतिलाई असाध्यै माया गर्दछिन् । नेपाली र अंग्रेजी मिश्रित रुपमा बोल्ने उनी पछिल्ल्लो समय सामाजिक संजाल फेसबुक लाईभबाट भाईरल भएकी हुन् । सामाजिक सञ्जाल फेसबुकमा उनीको लाखौं फलोअर रहेका छन् भने युटुबमा समेत उनका भिडियोहरु मन पराईएको छन् ।

भिडियो तलको लिंकमा हेर्नुहोस् (सृष्टिको भाई टिका)