बाल कलाकार सृष्टि आचार्य संयुक्त राज्य अमेरिकाको भर्जिनिया राज्यमा बाबुआमासँग बसोबास गर्दै आएकी छिन् । सृष्टि अहिले मात्र पाँच बर्षकी भईन् । धेरै अंग्रेजी बोल्ने उनी नेपाली मिश्रित रुपमा बोल्ने गर्दछिन् । अमेरिकामै जन्मिएता पनि उनका बाबुआमा भने नेपाली हुन् । कामको सिलशिलामा अमेरिका पुगेका उनका बाबुआमा नेपाली भाषा संस्कृतिलाई असाध्यै माया गर्ने गर्दछन् । फलस्वरुप नेपाली साहित्य, कला, भाषा र संस्कृतिको जर्गेना गर्नुपर्छ भन्ने उद्देश्यले आमाले सृष्टिलाई घरमै नेपाली भाषा सिकाइन् ।

ख्यालै ख्यालमा उनकी आमाले केहि महिना अगाडि फेसबुकबाट छोरीसँग बसेरलाई लाइभ गरिन् एक्कासी हजारौंले लाइक, कमेन्ट गर्न थाले । लाखौंले यी नानीको फेसबुक लाइभ भिडियो पनि मन पराए । देश तथा विदेशमा रहनु भएका हजारौं नेपालीले भिडियोलाई सेयर पनि गरे। बहुप्रतिभा भएको भन्दै कतिले बाल कलाकारको भुमिकामा नेपाली फिल्मको प्रस्ताव समेत गरेका थिए । भने उनलाई म्युजिक भिडियो खेल्ने प्रस्ताव समेत आयो ।

केहि महिना अगाडि मात्रै नेपाली गीतमा बाल कलाकारको भूमिकामा अभिनय गरेकी यी बालिकालाई एकाएक म्यूजिक भिडियोहरूमा खेल्न अफर आउन थाल्यो । भर्खर स्कूल शुरू भएकाले घर नजिकैको शहरमा निर्माण हुने म्यूजिक भिडियोहरूमा मात्र सहभागिता गराउन लागेको उनकी आमाले बताउँछिन् । सन २०१९ को मार्च महिनाका लागि २ वटा गीतको न्यूयोर्कमा सुटिडका लागि यी बालिकाको समय बुकिङ भैसकेको छ ।

स्मरण रहोस् Shristi Kids TV नामक युब्ट्युब र फेसबुक पेज पनि यी बालिकाको भर्खरै संचालनमा आएको छ । सृष्टि अमेरिकामा बसोबास गर्ने गीतकार सुबिसुधा आचार्यकी छोरी हुन् । गीतकार सुबिसुधाका अधिकांश गीतहरूमा पनि सृष्टिले नै अभिनय गर्ने योजना रहेको पारिवारिक श्रोतले बताउँछ ।

 

सृष्टिसँगको रमाईलो कुराकानीको भिडियो तल हेर्नुहोस्…..