एजेन्सी – सँसारमा अनौठा कुराहरु सुन्न र देख्न पाइन्छ । तर कुनै कुराहरु पत्यार नलाग्ने खालका हुन्छन् । यस्तै एक सानो उमेरका बालकले विश्वबिद्यालयमा पढाउँने गर्छन् । याशा एस्ले जम्मा नाम गरेका एक बेलायती बालकले १४ वर्षको कलिलो उमेरमा नै पढाउने गर्छन् । उनी पढाउने मात्र होइन बेलायतको लेचेस्टर युनिभर्सिटीमा प्राध्यापक समेत बन्न सफल भए । उनलाई बिश्वकै कान्छा प्राध्यपकका रुपमा पनि मानिन्छ ।

१४ वर्षको कलिलो उमेरमा प्राध्यापक बनेका उनमा धेरै नै प्रतिभाहरु छ । उनमा गणित विषयमा विशेष दख्खल छ । यसैकारणले उनलाई मानव क्याल्कुलेटरको उपमा समेत दिइएको छ । अहिले उनी विश्वविद्यालयमा गणित विषय पढाउछन् । सानै उमेरमा भएको विलक्षण प्रतिभा देखेर याशालाई विश्वविद्यालयको भिजिटिंग प्रोफेसरको पद दिनका लागि लिचेस्टर विश्वविद्यालयको मानव संसाधन विकास विभागले लिचेस्टरको परिषदबाट विशेष अनुमति लिनु पर्यो । यी बालकको बारे धेरैलाई पत्यार लागेन तर यो सत्य हो । अहिले उनी डिग्री पनि पढिरहेका छन् ।