काठमाडौं – बुधबारको दिनलाई भगवान गणेशको दिन मान्ने गरिन्छ । आजकै दिन भगवान गणेशको आराधाना पनि गरिने गरिन्छ। भगवान गणेशलाइ विग्नहर्ता र सफलताको मूल सुत्रधार पनि भनेर चिनिन्छ। उनले नकारात्मक शक्तिहरुलाई नष्ट गरि शिक्षा, ज्ञान, बुद्धि र धनको वृद्धि गर्ने गर्छन।

उनको शिरले शुद्ध र पबित्र आत्मालाई प्रतिनिधित्व गर्दछ, जुन मानव अस्तित्वको सर्वोच्च वास्तविकता हो । यसदिन हरियो रंगको वस्त्र लगाउदा उत्तम हुने गर्दछ। हरियो रंगले हरियाली र खुसियालीलाई प्रतिक गर्दछ त्यस्तै यस रंगको वस्त्र लगाउदा मन प्रसन्न रही खुसियाली छाउदछ।