काठमाडौँ हिन्दू पौराणिक कथामा, भगवान ब्रह्मालाई सृष्टिकर्ता, विष्णुलाई संरक्षक र भगवान शिवलाई विनाशकारीको रुपमा लिने गरिन्छ र सबको आफ्नो आफ्नो महत्त्वपूर्ण स्थान छ। भगवान शिवले आफ्ना अनुयायीहरूलाई आफ्नो अनौठो उपस्थितिको साथमा मोहित पारेको पौराणिक कथामा अनेकौ उदाहरणहरु छन्। उनि उनको विषम्य क्रोधको लागि चिनिन्छन् भने उनलाई अनुयायीहरुले भोला बाबा पनि भन्ने गर्छन। उनि निकै नै दयालु , चाडै प्रसन्न हुने र आफ्नो भक्तहरुको सबै मनोकामना सजिलै पुरा गरिदिने गर्छन। साउन महिनामा भगवान शिवलाई प्रसन्न पार्न यी ५ सजिला उपाय अपनाउनुहोस्

१) यो महिनाभरि तामसिक भोजनको (मांसाहारी तथा नसालु पदार्थ) त्याग गरि सोमबारको दिन व्रत बस्दा भगवान शिव निकै प्रसन्न हुने।२) सोमबारको दिन स्नान गरि सेतो वस्त्र लगाएर भगवान शिवको आराधना वा पुजा गर्ने र पुजा सामग्रीमा गंगाजल, काँचो दुध, वेल पत्र, धतुरो, भाङ, कमल फुलको बिया प्रयोग गर्दा भोला बाबा निकै खुसि हुने।

३) शिवजीको अभिषेक गर्दा जहिले तामाको कलस प्रयोग गर्ने ४) भगवान शिवको पुजा गर्दा दुध, घिउ, दहि, मह र सक्खरको पन्चामृत बनाइ अर्पित गर्ने। ५) भगवान शिवलाई पान र नरिवल चडाउने र शिव आरति पश्चात क्षमा मन्त्र उच्चारण गर्ने।रोहित शर्मा