छवि ओझाको वैवाहिक जीवनले घरीघरी मिडियामा चर्चाको विषय बन्ने गरेको छ । रेखा र छविको विवाह देखि डिभोर्स काण्डले केहि समय चलचित्र छेत्रमा तहल्का नै मच्चियो भने शिल्पा पोखरेल संग छविको सम्बन्ध बारेमा पनि राम्रै चर्चा चलेको थियो । छवि र शिल्पाको विवाह भएको समाचार आउनु संगै दुईको झगडा पनि सार्वजनिक भयो जसले मिडियामा तरंग ल्यायो । शिल्पा पोखरेलले छवि बाट घरेलु हिंसा भएको उजुरी हालेपछि यी दुईको विवाह भएको कुरा सार्वजनिक भयो र साथै यो सम्बन्धले नया मोड पनि लियो ।

अहिले शिल्पा पोखरेलले डिभोर्सको लागि केस फाईल गरेकी छिन भने छविले आफु शिल्पाको साथ नछोड्ने कुरा उल्लेख गरेका छन् । यहि विषयमा अब के हुन्छ भन्ने कुरा गर्दा गर्दै यो विषयमा नया ट्विष्ट अगाडि आएको छ । छवि ओझाको जेठी श्रीमति हेमा ओझाले आज छवि र शिल्पा विरुद्द बहुविवाहको उजुरी दर्ता गराएकी छिन । यो समाचारले मिडिया र चलचित्र छेत्रमा तरंग ल्याएको छ । अचानक छवि ओझाको जेठी श्रीमतीले उजुरी दिदा र शिल्पा पोखरेलले डिभोर्सको लागि फाइल गरेको केसले गर्दा अब के हुन्छ छविको जीवनमा भन्ने कौतुहोलता बढिरहेको छ ।

यहि क्रममा छवि र रेखाका नजिक रहेका वकिल स्वागत गौतमले क्यानाडा नेपाल संग कुराकानी गर्दा रेखा र छविको कानुन बमोजिम विवाह नभएको खुलासा गरेका छन् । स्वागतका अनुसार रेखा र छवि मन मिलेर संगै बसेका मात्र हुन्, कानुन बमोजिम विवाह गरेका छैनन् । न विवाह न डिभोर्स गरेका छन् र यदि गरेका भए कुनै कागज पत्र मिडियामा आएका छन् भन्दै उल्टै प्रश्न तेर्साए स्वागतले । यहि विषयमा गरिएको कुराकानीको भिडियो हेर्नुहोस: