काठमाडाैं । बाघ निर्माताको रुपमा परिचित रहेका छविराज ओझा आफ्नो चौथो विहे अन्त्य हुने अवस्थामा रहेका छन् । अभिनेत्री शिल्पा पोख्रेलसँग ३ बर्ष अगाडि चौथो विवाह गरेका ओझाविरुद्ध केहि समय अगाडि पोख्रेलले डिभोर्स फाइल दर्ता गरिसकेकी छिन्। दुवै बिचको विवाद चर्किएको वेला ऒझाविरुद्ध अर्को उजुरी परेको छ। ओझाकी जेठी श्रीमती हेमा ओझाले वहुविवाहको मुद्दा दर्ता गराएकी छिन्।

उनले ओझा र शिल्पा पोख्रेलविरुद्ध वहुविवहाको मुद्दा दर्ता गराएकी हुन्। हेमाले आइतबार महानगरीय प्रहरी वृत्त गौशालामा दुईविरुद्ध वहुविवहाको मुद्दा दर्ता गराएकी हुन्। उनले यसअगाडि आफुले कुनै प्रमाण नभेटेको र अहिले आफु प्रमाणसहित दुवैलाई मुद्दा दायर गरेको बताएकी छिन्।