काठमाडौं ।काठमाडौंबाट दुई किलो अवैध सुनसहित एक जना पक्राउ परेका छन् । काठमाडौंको चन्द्रागिरी नगरपालिका–२ नागढुंगामा सवारी जाँच गर्दा रसुवा गोसाईकुण्ड गाँउपालिका–५ का मिन बहादुर तामाङ अवैध २ किलो सुनसहित पक्राउ परेका महानगरीय प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ ।

प्रहरीकाअनुसार साउन ४ गते राति ९ बजे भैरवाबाट काठमाडौं आउँदै गरेको लु २ ख ६५२ नम्बरको यात्रुबहाक सवारी साधनलाई जाँच गर्दा उनी अवैध सुनसहित पक्राउ परेका हुन् ।

उनले कोलो टेपले बेरी आफ्नो कम्बरमा बाँधेर ल्याएको २ किलो सुन ६ से.मी. लम्बाई र ११ से.मी.गोलाईको २ थान मादल आकारमा फेला पारेको प्रहरीको भनाइ छ । । पक्राउ परेका तामाङमाथि प्रहरीले अनुसन्धान गरिरहेको छ ।