मुम्बइ। बलिउकी हट नायिका सनी लियोनी बेलबेलामा बिभिन्न कारणले चर्चामा आइरहने गर्छिन् । बेलाबेलामा बोल्ड फोटोशुटकै कारण चर्चामा आइरहने उनी फेरी पनि एक फोटोसुटका कारण चर्चामा आएकी छिन् । पछिल्लो समय उनी उक्त फोटो कै कारण निकै चर्चामा छिन् । उनी उक्त फोटोमा जलपरीको लुकमा देखिएकी छिन् । उनको यो तस्बिर अहिले सामाजिक संजालमा निकै भाइरल भइरहेको छ ।

तस्बिरमा उनी प्राकृतिक सौन्दर्यमा जलपरी देखिएकी छिन् । उनले उक्त फोटो शेयर गर्दै क्याप्सनमा जलपरी बन्न पाउँदा खुसी लागेको बताएकी छिन् । अहिले नायिका सनीको उक्त तस्बिरको निकै तारिफ भइरहेको छ । उनको फोटोलाई तारिफ गर्दै एकले लेखेका छन् ‘मैले अहिलेसम्म जलपरी देखेको छैन तर जलपरी तपाँभन्दा सुन्दर होलिन्जस्तो लाग्देन ।’