काठमाडौं – नेपाल टेलिभिजनवाट प्रशारण हुने चर्चित टलिहाँस्य श्रृंखला मध्ये एक भद्रगोल पनि हो । हरेक शुक्रबार नेपाल टेलिभिजनवाट प्रशारण हुने यस हाँस्य श्रृंखला गएको शुक्रबार भने प्रशारण भएन । हाँस्य श्रृंखला भद्रगोल प्रशारण नभएपछी दर्शकहरु निकै निराश भएका छन् । धेरैले अति नै रुचाएको हाँस्य श्रृंखला भद्रगोल गएको शुक्रबार नआउनुको कारण भने खुलेको छ ।

हाँस्य श्रृंखला भद्रगोलका निर्देशक कुमार कट्टेल जिग्रीले प्राबिधिक कारणले भद्रगोल गएको शुक्रबार नआएको जानकारी दिए । क्यानडा नेपालसँगको कुराकानीमा उनले अर्थिक बर्ष परिबर्तन भएसँगै उत्पन्न प्राबिधिक समस्या समाधान गर्नुपर्ने भएकाले गएको शुक्रबार भद्रगोल प्रशारण नभएको बताए । आउदो शुक्रबार पनि भद्रगोल प्रशारण हुनेमा शँका उत्पन्न भएको छ । निर्देशक जिग्रीले भने ‘सम्भब भएसम्म आउदो शुक्रबार प्रशारण गर्नेछौ ।’

निर्देशक जिग्रीको भनाईलाई बल पुग्ने गरी भद्रगोलका कलाकार सुबोद गौतमले सामाजिक संजाल फेसबुकमा स्टाटस लेखेका छन् । उनले उक्त स्टाटसमा नयाँ आर्थिक बर्षको शुरुवात सँगै भद्रगोल सर्जक र मिडिया एजेन्सी बिच नयाँ सम्झौता गर्नुपर्ने भएकाले गएको शुक्रबार भद्रगोल प्रशारण नभएको बताएका छन् । उनले स्टाटस मार्फत भद्रगोल सर्जक र मिडिया एजेन्सी बिच नयाँ सम्झौता नहुन्जेल अबको केही हप्ता भद्रगोल नआउने बताएका छन् । यस्तै भद्रगोलमा पछिल्लो समय एक नयाँ कलाकार निकै चर्चामा छिन् । गएको भद्रगोलको दुई भागमा लगातार देखिएकी मुन्नी अर्थात प्रियाना आचार्य भद्रगोलमा नदेखिदा दर्शक निकै निराश भएका छन् । भद्रगोलमा मधेसी लवजमा बोल्ने मुन्नीको सुन्दरता र अभिनयलाई धेरैले मन पराएका छन् ।