एजेन्सी । फिल्म ‘एभेन्जर्सः इण्डगेम’ बिश्वकै सबैभन्दा धेरै कमाउने फिल्म बनेको छ । मार्भल सिनेमेटिक यूनिर्भसको सबैभन्दा ठूलो बजेटमा निर्माण भएको यस फिल्मले फिल्म ‘अवतार’लाई पनी पछी पारेको छ । फिल्म ‘एभेन्जर्सः इण्डगेम’ले ‘ अहिलेसम्म कै धेरै कमाई गरी म्स क्यामरुनको फिल्म ‘अवतार’लाई पनि पछाडी पारेको छ । ‘एभेन्जर्सः इण्डगेम’ बिश्वकै सबैभन्दा धेरै कमाउने फिल्म बनेपछी केभिन फेइग आफैले सान डिएगो कमिक–कन–२०१९मा घोषणा गरेका हुन् ।

अहिलेसम्म फिल्म ‘एभेन्जर्स इण्डगेम’को कुल कमाई २।७८९२ अर्ब डलर भन्दा बढि रहेको छ । यस फिल्मले पहिलो हप्तामै इण्डगेमले १।२ अर्ब अमेरिकी डलर कमाएको थियो । यस फिल्मले अवतारलाई पाँच लाख डलरले उछिनेको छ । फिल्म ‘एभेन्जर्सः इण्डगेम’ले लाई धेरैले मन पराएका छन् । ठूलो बजेटमा निर्माण भएको फिल्म ‘एभेन्जर्सः इण्डगेम’ले विश्वव्यापी बक्स अफिसमा नै धमाका मच्चाएको छ ।