काठमाडौँ – चर्चित नायिका केकी अधिकारीको फिल्म ‘रातो गलबन्दी’ को ट्रेलर सार्वजनिक भएको छ । साउन १७ गते देखि प्रदर्शनमा आउने तयारीमा रहेको यस फिल्म अनिस थापाले निर्देशन गरेका हुन् । यस फिल्ममा केकी अधिकारी र कोशिश क्षेत्री बिचको प्रेम सम्बन्ध रहेको छ । सार्वजनिक ट्रेलरमा पनि केकी अधिकारी र कोशिश क्षेत्रीको प्रेम सम्बन्ध देखाइएको छ ।

यस फिल्मलाई निर्माता हिमाल कडरिया र दुर्गा बस्नेतले संयुक्त रुपमा निर्माण गरेका छन् । फिल्ममा केकी अधिकारी , कोशिश क्षेत्री , छहेमन्त बुढाथोकी , सम्राट थापा लगायतका कलाकारहरुको अभिनय रहेको छ । यस फिल्मको कोरियोग्राफी गोविन्द राइले गरेका छन् ।