काठमाडौं । प्रज्वल गिरी र नीता ढुंगानाको ‘सोच’को टिजर सार्वजनिक भएको छ । एक्सन र लभस्टोरीले भरिएको यस फिल्मलाई पुजन सिंह ९प्रभाकर प्रकाश०ले निर्देशन गरेका छन् । फिल्ममा प्रज्वल गिरी, नीता ढुंगाना र पुजन सिंहको मुख्य भुमिका रहेको छ । यस फिल्मको टिजरमा एक्सनले भरिएको देखाइएको छ ।

भदौ २० गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको यस फिल्म मनोरन्जनका साथै सन्देश पनि दिने खालको रहेको छ । यस फिल्ममा गंगा रजक र एसडी निर्माता रहेका छन् भने द्धन्द्ध एनवी महर्जनको रहेको छ । यस फिल्मको कोरियोग्राफी पुजन सिंहले गरेका छन् भने पटकथा र संवाद कृष्ण आचार्यको रहेको छ ।