काठमाडौँ – हामी सबैको आफ्नो आफ्नो मनपर्ने रङ हुन्छ । जसले हामीलाई राम्रो महसुस र राम्रो देखिन धेरै मद्दत गर्दछ ।ज्योतिषशास्त्रआनुसार पनि रंगको भूमिका परिवेशअनुसार फरक हुने गर्दछ । त्यसैगरी हिन्दु धर्मअनुसार हरेक दिनको औचित्य पनि फरक फरक छ । हरेक दिन फरक फरक देवीदेवताको आराधना गरिने गरिन्छ । हप्ताको पहिलो दिन आइतबारलाई पनि निकै महत्वपुर्ण दिन मानिन्छ । यो दिन सूर्यदेवलाई अर्पित गर्ने गरिन्छ ।

सूर्यदेवलाई प्रसिद्धिको प्रभु र नवग्रहको प्रमुख मानिने गरिन्छ । आइतबारको दिन सूर्यदेवलाई जल चढाएमा नयाँ अवसरको सिर्जना भई प्रसिद्धिको बाटो खुल्ने बिश्वास गरिएको छ । त्यसैगरी यो दिन गायत्री मन्त्रको उच्चारण गर्दा शुभ हुने मनिन्छ । त्यसैगरी आइतबारको दिन गुलाबी, सुनौलो र सुन्तला रंगको वस्त्र पहिरँदा खुसियाली छाउने गर्दछ । गुलाबी, सुनौलो र सुन्तला रंगलाई खुसियालीको प्रतीक पनि मानिन्छ ।रोहित शर्मा