काठमाडौं । आज सुनको मूल्य घटेको छ । शुक्रबार प्रतितोला ६५ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मुल्य आज ५ सय रुपैयाले घटेर प्रतितोला ६५ हजार रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

त्यसैगरी आज तेजावी सुनको मुल्य प्रतितोला ६४ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ। त्यस्तै आज चाँदीको मूल्य पनि ५ रुपैयाले घटेको छ । हिजो प्रतितोला ७ सय ७० रुपैयामा कारोबार भएको चाँदी आज प्रतितोला ७६५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ।