काठमाडौं – हिन्दू नारीहरुको विशेष पर्व हरितालिका तीजको अवसर पारेर चर्चित गायिका निर्मला भण्डारीले नयाँ तीज गीत बजारमा ल्याउने तयारी गरेकी छिन् । यसअघि पनि धेरै नै गीत बजारमा ल्याएर चर्चामा आएकी गायिका निर्मला भण्डारीले यो बर्ष पनि नयाँ तीज गीत ल्याउने भएकी छिन् । गएको बर्ष उनको ‘नभने बुढाले ऋण लायो’ नामक तीज गित पनि निकै मन पराइयो । अब फेरी यो बर्ष पनि उनले नयाँ तीज गीत ल्याएकी छिन् । उक्त तीज गीतको अहिले शुटिङ्ग भइरहेको छ ।

उनको अब आउने नयाँ तीज गीतमा चर्चित नायिका रेजिना रुप्रेतीले अभिनय गर्ने भएकी छिन् । शुटिङ्गमा चर्चित गायिका निर्मला भण्डारी र नायिका रेजिना रुप्रेती निकै सुन्दर देखिएका छन् । उक्त शुटिङ्गमा गायिका निर्मलाले अब आउने गीतमा भगवान भण्डारीको शब्द सँगित रहेको र गीतको नाम राख्न बाकीँ रहेको बताएकी छिन । उनले अब चार पाचँ दिनमा आफ्नो नयाँ तीज गीत बजार आउने बताएकी छिन् । उक्त शुटिङ्गमा गायिका निर्मला भण्डारी र नायिका रेजिना रुप्रेतीसँग हामिले गरेको यो रमाइलो कुराकानीको हेर्नुहोस्