काठमाडौँ – हामिले उम्रिएका गेडागुडी खाएका छौै होला ? तर यसका फाइदा बारे भने हामिलाई पक्कै थाहा छैन । बिशेष गरी जनैपुर्णिमा अर्थात रक्षा बन्धनमा उम्रिएका गेडागुडी खाने चलन छ । क्वाँटी अर्थात भिजाएर उम्रिएको गेडागुडी खादा हाम्रो स्वास्थ्यलाई निकै फाइदा पुर्याउछ । उम्रिएको गेडागुडीको तरकारी हरेक दिन खादा पनि निकै फाइदा हुन्छ । भिजाएका गेडागुडीमा धेरै नै पौष्टिक तत्त्वहरु पाइने हुनाले हाम्रो स्वास्थ्यलाई धेरै नै फाइदा गर्छ । टुसाएका गेडागुडी खादाँ यसमा हुने एन्टिअक्सिडेन्टले फ्रि रेडिकल्सबाट उत्पन्न हुने विभिन्न रोगबाट बचाउँछ।

त्यसैले बेला बेलामा टुसाएका गेडागुडी खानु राम्रो हुन्छ । अनुसंधानमा गेडागुडीमा मासुमा भन्दा बढी पौष्टिक तत्त्वहरु हुन्छ । गेडागुडीको सेवनले कब्जियत, पाइल्स, फिस्टुला, फिसर लगायतका रोगबाट बचाउछ । टुसाएका गेडागुडीको नियमित सेवनले घाउहरु चाँडै निको हुन्छ । यसको नियमित सेबनले तौल घटाउने र एन्टिबडी इन्जाइम्स र हर्मोनहरु बनाउने कार्य गर्छ । यसको सेबनले मधुमेह, बाथ तथा मुटु रोगीका लागी फाइदा गर्छ ।