काठमाडौँ – खजुर स्वादमा मिठो मात्र नभई स्वास्थ्यको लागी पनि निकै फाइदाजनक छ । यसको सेबनले हाम्रो स्वास्थ्यलाई धेरै नै फाइदा पुर्याउछ । यसको सेबनले शरीरका टक्सिन्सलाई टाढा राख्छ । यसमा भिटामिन सी पाइने हुनाले हाम्रो शरिरको स्किन कसिलो गर्न सहयोग गर्छ । साथै यसको सेबनले स्किनको चमक पनि बढाउछ । यसको नियमीत सेबनले रक्तसञ्चारलाई सन्तुलित गर्छ ।

यसले कपाल कालो र बाक्लो बनाउन सहयोग गर्छ । यसमा आइरन पनि पाइने हुनाले रक्तसञ्चारलाई सन्तुलित बनाउछ । यसको नियमित सेवनले क्षय, रक्तपित्त, वायु, वान्ता, कफ, ज्वरो, अतिसार, भोक, प्यास, खोकी, सास, दम, मुच्र्छा र वातपित्तको समस्यामा आराम मिल्छ ।