काठमाडौँ – बेसार हाम्रो भान्सामा सजिलै पाइने चिज हो । भान्सामा दैनिक रुपमा प्रयोग हुने बेसारलाइ स्वादका लागी प्रयोग गर्ने गरिन्छ । तर बेसार स्वादका लागी मात्र नभई औषधिय रुपमा पनि प्रयोग हुन्छ । बेसारको सहि प्रयोग गरेमा यसबाट हामिले धेरै नै फाइदा लिन सकिन्छ । हेर्दा सामान्य देखिने बेसार हाम्रो शरिरको लागी निकै फाइदाजनक छ ।

यसलाई आयुर्वेदमा राम्रो प्राकृतिकको एन्टिबायोटिक पनि भनिन्छ । त्यस्तै दुधमा पनि प्राकृतिक एन्टिबायोटिक रहेको हुन्छ । एन्टिबायोटिकले हाम्रो शरिरमा हुने प्राकृतिक संक्रमणलाई रोकथाम गर्छ । हामिले बेसार र दुधलाई मिसाएर सेबन गरेमा यसबाट धेरै फाइदा लिन सकिन्छ । नियमित रुपमा एक गिलास दुधमा आधा चम्चा बेसार मिसाएर खाँएमा क्याल्सियम प्राप्त हुन्छ भने यसले हड्डीलाई स्वस्थ राख्न मद्दत गर्छ । दुध र बेसार मिसाएर खाँदा कान दुख्ने समस्या पनि हट्छ । त्यस्तै यसको सेबनले हाम्रो रगत सफा पनि हुन्छ । साथै क्त सञ्चारलाई मजबुत बनाउछ ।

बेसार हालेको दुध खादा शरीरमा भएका हानिकारक तत्व बाहिर निस्कन्छ । यसको सेबनले रगतमा भएको हानिकारक तत्वलाई सफा गर्छ । बेसारमा दुध मिलाएर अनुहारमा लगाउदा छाला पनि चम्किलो हुन्छ ।महिनावारी पेट दुखेमा बेसार र दुध मिसाएर खाएमा ठिक हुन्छ । सुत्केरी भएपछि सामान्य अवस्थामा छीटो फर्कन पनि दुध तथा बेसारले सहयोग गर्छ । यदि रुघाखोकी लागेको छ भने दुध र बेसार मिसाएर खादा रुघा ठिक हुन्छ ।